हल्दीबारी । 

झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष  खड्कबहादुर लावतीले बुधबार आफ्नो पद बहाल गर्दै कार्यकाल शुरु गरेका छ्न्। पद बाहाली गरे लगतै बसेको बैठकले वडा भित्रका सबै बाटोका खाल्डाखुल्डी पुरेर आवात–जावतलाई सहज गर्ने निर्णय भएको छ । शिक्षा, स्वास्थ, खानेपानी र खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेसमेत वडाअध्यक्ष लाबतीसहित जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । 

वडा नं. ५ मा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई  स्वागत गर्दै नि–बर्तमान जनप्रतिनिधिलाई विदाई समेत गरिएको थियोे । निवर्तमान वडाअध्यक्ष शेर बहादुर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्बचित जन प्रतिनिधिहरुलाइ फुलमाला, खदा तथा अबिर लगाएर स्वागत गरिएको थियो । 

 कार्यक्रममा नव निर्वाचित अध्यक्ष लावती, निवर्तमान अध्यक्ष नेम्वाङ, वडासदस्य नन्दलाल पराजुली र तारादेवी ढकालले शुभकामना मन्तव्य राखेका थिए । वडा सचीव भजनबहादुर संग्रौला, विभिन्न राजनैतिक दलका अगुवाहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई फुलमाला अबिर लगाएर वडा कार्यालयमा स्वागत गरेका थिए ।

नेपाली काङ्ग्रेसबाट निर्वाचन लावती हल्दिवारी उधोग बाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका छ्न ।  साथै उनको खेलकुदमा महत्त्वपूर्ण योगदान रहदै आएको छ । उनीसँगै वडा सदस्य बिजय फागो, जीवन कन्दङ्वा, शिवमाया मगर र सुश्मा महरालाई समेत वडा कार्यालयमा स्वागत गरिएको थियो ।