हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ का नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागतसहित पदभार ग्रहण तथा निवर्तमान जनप्रतिनिधि हरुलाई बिदाई गरिएको छ ।
पूर्व वडाध्यक्ष राजेन्द्र योङ्हाङको अध्यक्षतामा बुधवार (आज) भएको कार्यक्रममा संविधानसभा सदस्य तथा प्रदेश सदस्य पुर्णसिंह राजबंशीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य मोहन टुडु (सरोज) को विशेष आतिथ्य रहेको थियो भने पूर्व वडा सदस्यहरु खकेन राजबंशी , सनमाया बि.क. र माओवदी केन्द्र हल्दिबारी २ कि सचिव शारदा चम्लागाईको समेत आतिथ्य रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रकी सचिव शारदा चम्लागाई, पूर्व जनप्रतिनिधिको तर्फबाट खकेन राजबंशी, संविधानसभा सदस्य मोहन टुडु, प्रदेशसभा सदस्य पुर्ण सिंह राजबंशीलगायत शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष शुकलाल राजवंशीले विभिन्न प्रतिवद्धता ब्यक्त गरेका थिए । स्वागत वडासचिव बाबुराम ढकालले गरेको कार्यक्रमको सञ्चालन वडाको कृषि शाखा प्रमुख दिपेश राजबंशीले गरेको थिए ।