पोखरा ।
कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन्।
आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । खसेको १४३२२६ मत मध्ये आचार्यले ५८,८९३ मत ल्याउँदा थापाले ५२,८४८ मत प्राप्त गरेका छन्।
राप्रपाका शंकर खरालले ५६७४, अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले ३०३० र विवेकशील साझाकी उम्मेदवार सुशीला केसी (अधिकारी) ले ३३८ मत ल्याएका थिए ।
उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भइन्। उनले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३८८३ मतान्तरले पराजित गरिन्। गुरुङको ६०,५४६ मत आउँदा रानाभाटले ५६,६६३ मत ल्याएकी थिइन् ।