झापा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
मंगलबार (आज) अपराह्न ४ बजेपछि शुरु संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो ।