झापा  । 

झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वार विजयी भएका छन् ।  ६३२८१ मतगणना हुँदा एमालेका नगरप्रमुखका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी २६४७८ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई ५१६७ मतान्तरले पछि पार्दै गोपालचन्द्र बिजयी बनेका हुन् । मंगलबार (आज) बिहान ४ बजे सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार इन्द्रबहादुरले २१३११ मत प्राप्त गरेका छन् । राप्रपाका रमेश दाहालले ३८९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेबाट उपप्रमुखकी उम्मेद्वार मिना पोखरेल उप्रेतीले २१५९० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धीहरु गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२८१८ र राप्रपाकी सविना बजगाईले ९८८० मत प्राप्त गरेका छन् ।

नगरको १५ वटा वडाको परिणाम घोषणा भइसकेको छ । जसमध्ये माओवादी केन्द्रले १४ नम्बर वडा, कांग्रेसले ६, ८ र १५ नम्बर वडा जितेको छ । यसैगरी एमालेले ११ वटा वडा जितेको छ । एमालेले १, २, ३, ४, ५,७ , ९ , १०, ११, १२ र १३ नम्बर वडा जितेको हो ।