मेचीनगर ।

४१ बर्षदेखि नेपाली काँग्रेसले आफ्नो किल्ला मान्दै शासन गर्दै आएको मेचीनगरको वडा नं. १० पनि नेकपा एमालेले कब्जा जमाएको छ ।

नरेन्द्रविक्रम नेम्वाङदेखि नै नेपाली काँग्रेसले नेतृत्व गर्दै आएको ३ दशकको बिरासत किल्ला भत्काएर नेकपा एमालेका नारायण खनाल वडा अध्यक्षमा विजयी भएका छ्न् । केही बेर अघि सम्पन्न मतगणनामा काँग्रेसका इन्द्र सुब्बालाई पराजित गर्दै वडा अध्यक्षमा खनाल विजयी घोषित भए । 

धुलाबारी क्षेत्र रहेको मेचीनगर १० मा यस अघि कहिले पनि काँग्रेस बाहेकका दलहरुले निर्वाचन जितेका थिएनन । त्यसैले पनि अन्य दलले समेत वडा नं. १० लाई काँग्रेसको किल्ला भन्ने गरेका थिए ।

तर, एमालेबाट लोकप्रिय युवा व्यक्तित्व नारायण खनाललाई वडा अध्यक्षको टिकट दिएपछि काँग्रेसको एतिहासिक किल्ला भत्काएको हो ।मेचीनगर १० मा वडा अध्यक्षसहित प्यानल नै एमालेका उम्मेद्वारहरु विजयी भए ।