अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकामा नवनिर्वाचित मेयर बलदेवसिंह गोम्देन तामाङले पदभार ग्रहणसँगै दुईवटा निर्णय गरेका छन् ।
नगरप्रमुख तामाङले सोमबार (आज) झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथपछि नवनिर्वाचित नगरका जनप्रतिनिधिलाई सपथ ग्रहण सहित पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणसँगै नगर प्रमुख तामाङले रातो कार्ड भएका अपाङ्गलाई स्वास्थ्य बिमा गराइने र नगरका विपन्न बर्गका लागि ५ बर्षभित्रमा एकहजार घर निर्माण गर्ने निर्णय समेत गरेका छन् ।
अर्जुनधारा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालय अर्जुनधाराले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचित अन्य जनप्रतिनिधिहरुको सपथ ग्रहण बुधबार गराइने तयारी गरिएको जनाइएको छ ।