झापा । 

झापाको गौरादह नगरपालिका वडा नम्बर ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्यानल नै निर्वाचित भएको छ । गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका वडाअध्यक्षसहित सदस्यहरु निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यालय गौरादहको मतगणना परिणाम अनुसार ५ जनै माओवादी केन्द्रका उम्मेद्वार निर्वाचित भएका संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति प्रमुख तथा माओवादी केन्द्रका नेता हुकुमसिंह नेपालीले जानकारी दिए । 

वडाअध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार राजवंशी निर्वाचित भएका छन् । राजवंशीले उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका वडाअध्यक्षका उम्मेद्वार भुमिराज पोखरेललाई २४९ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । राजवंशीले १३१४ मत प्राप्त गरेका छन् भने पोखरेलले १०६५ मत ल्याएका थिए । 

 त्यस्तै महिला सदस्यमा हेमनसरी राजवंशी(१२३८), दलित महिला सदस्यमा दुखवत्ती सरवरीया(१२९१), सदस्य लालचन राजवंशी (११५९) र होमप्रसाद ढकाल‘विशाल’ (११९५) गठबन्धनका तर्फका माओवादीका सदस्य निर्वाचित भएका छन् ।  

त्यसैगरी मेयरमा नेकपा एमालेका छत्रपति सुवेदीले ११२७७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका रोहितकुमार शाहले १०३८४ मतले पछ्याइरहेका छन् । उपमेयरमा एमालेका जलबर्षा राजवंशीले १०४३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीका पुष्पलाल ढकालले ९५३८ मत प्राप्त गरेका छन् । वडा नं. ९ को मतगणना जारी रहेको छ ।