बुट्टाबारी । 

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ बाट महिला सदस्य पदमा सुशिला गिरी सवैभन्दा बढि मत ल्याएर निर्वाचित भएकी छिन् । शनिवार हिजो सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एमालेबाट महिला सदस्य पदमा निर्वाचित भएकी गिरीले १९६४ मत प्राप्त गरेकी  हुन् । 

बिद्यार्थी जीवन कालदेखि राजनीतिकमा आवद्ध रहेकी सुशिला गिरीले अर्जुनधारा नगरपालिका वडा नं. ११ बाट महिला सदस्य पदमा उम्मेद्वारी दिएकी थिइन् । 

बिद्यार्थी कालदेखि नै नेकपा एमालेका बिभिन्न भात्रृ संगठनमा रहेर कुसलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गरिसकेकी  गिरीले अनेम संघ वडा नं. ११ की अध्यक्षमा रहेर समेत कार्यसम्पादन समेत गरिसकेकी छिन् ।

महिलाहरुले अधिकार मागेर होइन आफ्नो क्षमता देखाएर लिनुपर्ने सोचकी धनि गिरी महिलाहरुका हकअधिकारका बिषयमा वडाका महिलाहरुमा जनचेतना जगाउँने बताउछिन् । केही समय अघि गिरीले शिक्षिकाको रुपमा समेत काम गरेकी थिइन् ।