अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका बलदेव गोम्देन तामाङ मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा एमालेकै खड्गमाया पराजुली बिजयी बनेकी छिन् ।
बलदेवले गठबन्धन तर्फकी नेपाली काँग्रेसकी मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीलाई ५४२६ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् । बलदेवले १९१६९ ल्याउँदा उनकी निकटतम प्रतिद्धन्द्धी कार्कीले १३७४३मत प्राप्त गरेकी थिइन् । तामाङ अर्जुनधारा नगरपालिका वडा नं. १० का निवर्तमान वडाअध्यक्ष समेत हुन् । राप्रपाका मेयर पदका उम्मेद्वार सूर्य खतिवडा १६०८ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी पराजुली १७६३७ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) उपमेयर पदका उम्मेद्वार जितेश योञ्जनले ९०७१ मत ल्याएका छन् । पराजुलीले ८५६६ मतले योञ्जनलाई पछि पार्दै बिजयी बनेकी हुन् । राप्रपा उपमेयर पदकी उम्मेद्वार तारा बस्नेतले २४७० मत ल्याएकी छन् ।
११ वटा वडा रहेको अर्जुनधारा नगरमा वडा नम्वर १ मा उप्रेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्वरवहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र वस्तोला, ९ मा भिष्म मिश्र, नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्वर ७ मा नेकपा एमालेका गोविन्दप्रसाद खतिवडा, ८ मा कुमारप्रसाद उप्रेती, १० मा भुपेन्द्र न्यौपाने र ११ मा खगेन्द्र इङ्नाम वडाअध्यक्षमा निर्वाचित भएका छन् ।