मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेद्वार निक्कै मतले अग्र स्थानमा रहेका मतगणना नतिजाले देखाएको छ ।

शनिबार दिउँसो १ वजे सम्मको नतिजा अनुसार ३४५०९ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १४५५४ ल्याएर ३३१९ मतले अगाडी छन् । त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ११२३५, राप्रपाका रमेश दाहालले २०९४, भालेले १३८१ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १२९६०, माओवादी केन्द्र प्रकाश भण्डारी ७५९१, राप्रपाकी सविना बजगाईको ४२७२, भालेले १४६९, डिल्लीराम घिमिरेको धाराले ३५८ र एकीकृत समाजवादीको कलमले १४९ मत ल्याएका छन् । उपमेयरमा एमालेकी उप्रेती ५३६९ ले अन्य उम्मेद्वार भन्दा अगाडी छिन् । 

वडा नम्बर १, २, ३, ४, ५, ६, १०, ११, १२, १३, १४ र १५ को मतगणना हुँदा एमालेको मेयरमा ३३१९ र उपमेयरमा ५३६९ मतको अग्रता कायमै रहेको छ ।

यसअघि वडा नम्बर १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ को नतिजा सार्वजनिक भईसकेको छ । जसमध्ये १४ नम्बर वडा माओवादी केन्द्र र १५ नम्बर नेपाली कांग्रेसले जितेको छ भने १, २, ३, ४, ५, ११, १२ र १३ नम्बर वडा एमालेले जितेको छ ।