बिर्तामोड । 

झापाको बिर्तामोडको मेयरमा निर्वाचित पवित्रा महतारा प्रसाईँ  जिल्लामै नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् ।                                    

प्रसाईँ बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेद्वार बनेकी विजयी भएकी हुन् । बिर्तामोडको उपमेयरमा पनि एमालेका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित विजयी भएका छन् ।

 शुक्रबार सम्पन्न मतगणना परिणाम अनुसार  बिर्तामोडको मेयरमा निर्वाचित प्रसाईँदे कांग्रेसका भोजराज सिटौलालाई ३७५८ मतान्तरले पराजित गरेकी हुन् ।  प्रसाईले १६५२० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२७६२ मत ल्याएका थिए ।  

उपमेयरमा निर्वाचित संग्रौलाले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) चन्द्रप्रसाद कडरिया (सीपी) लाई ७१३५ मतान्तरले पराजित गरेका हुन्।

संग्रौलाले १५५८६ मत ल्याउँदा कडरियाले ८४५१ मतप्राप्त गरेका थिए । मेयरमा निर्वाचित प्रसाईँ बिर्तामोडकी निवर्तमान उपमेयर हुन् । नेकपा एमाले बिर्तामोड नगर कमिटीले भोली (शनिबार) बिजयी जुलुस गर्ने पार्टीका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिएका छन् । 

जीतको खुसीमा नेकपा एमाले बिर्तामोड नगर कमिटीले भोली (शनिबार) १० बजे बिजयी जुलुस गर्ने पार्टीका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिएका छन् ।