झापा । 

झापा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेबी थपलिया निर्वाचित भएका छन् । 

अध्यक्षमा शाहले नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार गौरीशंकर राजबंशीलाई २६३३ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् भने उपाध्यक्ष थपलियाले एमालेकी उपाध्यक्ष पदकी उम्मेद्वार देवीमाया अधिकारीलाई १४९७ मतान्तरले पछि पार्दै बिजयी बनेकी हुन् । शाह गाउँपालिकाका निबर्तमान अध्यक्ष पनि हुन् । 

शाहले ६९९८ ल्याउँदा उनका निकटम प्रतिद्धन्द्धी राजवंशीले ४३६५ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा थपलियाले ५८६८ मत ल्याउँदा एमालेकी अधिकारी ४३७१ मत ल्याएर पराजित भएकी हुन् ।  

अध्यक्ष पदका उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का रुद्र बजगाईंले ३७५५,  राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, कुखुराको भाले १८, भुइकटर ४८, लाउड स्पीकर ५८ ढल्केको छाता ६२ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा पदकी उम्मेद्वा माओवादीकी मुन्नावती गणेशले २८०४, राप्रकाकी तारामाया राईले ७५४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी वडा नम्बर ७ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका सखिचन्द्र ठाकुर विजयी बनेका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सखिचन्द्र ठाकुरले स्वतन्त्र उम्मेदवार टिकाप्रसाद चुडाललाई पछि पार्दै बिजयी बनेका हुन् ।ठाकुरले ६१२ मत ल्याउदा उनलाई पछ्याएका खरायो चुनाव चिन्ह रहेका चुडालले ५८२ मत ल्याएका थिए ।

त्यस्तै महिला वडा सदस्यमा एमालेकी तुलसा कार्की ६८० मत ल्याएर विजयी बनेकी छिन् । दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सरिता कामी खुल्ला सदस्यमा नेपाली कांग्रेसकै प्रेमप्रसाद गणेश र बालकृष्ण सिटौला निर्वाचित भएका छन् । गाउँपालिकामा जम्मा १७८२२ मत खसेको थियो ।