अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६, ७ र ८ को मतगणना जारी रहि रहँदा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ १४६७ मतले अग्र स्थानमा छन् ।

 तामाङले १०८६३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी गठबन्धनका तर्फकी काँग्रेसबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले ९३९६ मतले पछ्याइरहेकी छिन् । 

त्यस्तै उपमेयरमा एमालेकी खड्गमाया पराजुली १०६१६ मत प्राप्थ गर्दा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) उपमेयर पदका उम्मेद्वार जितेश योञ्जनले ५८६९ मत मात्र प्राप्त गरेका छन् । पराजुली ४७४७ मतले योञ्जन भन्दा अगाडी रहेकी छिन् । 

वडाध्यक्ष वडा नं.६ एमालेका दिवाकर चौधरीले ९१६ मत प्राप्त गर्दा काँग्रेसका हरिश बाँस्तोलाले ११०० मत ल्याएका छन् ।  वडाध्यक्ष वडा नं.  ७ मा एमालेका गोविन्द खतिवडाले ८५३ मत ल्याउँदा काँग्रेसका  नवीन ढुङ्गानाले ७९७ ले पछ्याइरहेका छन् । 

वडाअध्यक्ष वडा नं.  ८ एमालेका कुमार उप्रेती ६५५ ल्याएका छन् भने काँग्रेसका गोपीचन्द्र गौतमले ६४४ मत ल्याएका छन् ।