बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।  एमालेका तर्फबाट वडाअध्यक्ष उम्मेद्वार राहुलकुमार शर्माले ८१ मतान्तरले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेद्वार कुलप्रसाद संग्रौलालाई पराजित गरेका हुन् । 

शर्माले १८०३ मत प्राप्त गर्दा संग्रौलाले १७२५ मत ल्याएको थिए । झिनो मतान्तरले संग्रौला पराजित भएका हुन् ।संग्रौला निवर्तमान वडाअध्यक्षसमेत हुन् । राप्रपातर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वार यज्ञराज प्रसाइले ३५३, स्वतन्त्रतर्फका वडाअध्यक्षका उम्मेद्वार हेमकुमार खड्का ३६४ ल्याएका थिए । 

त्यसैगरी महिला सदस्यमा रामदेबी राजवंशी, दलित महिला सदस्यमा निर्मलादेबी सुनार, सदस्यमा उमेश राउत र केशवकुमार श्रेष्ठ एमालेबाटै निर्वाचित भएका छन् ।