• प्रकाश उप्रेती 

मेचीनगर । 

मेचीनगर –१४ मा गठबन्धनको तर्फबाट अध्यक्षमा बाबुलाल सुब्बा बिजयी भए । उनी माओवादी केन्द्रका नेता हुन् । सुब्बाको जितले गठबन्धनभित्र उत्साह जगाएको देखिन्छ । सक्षम र इमान्दार ब्यक्ती नेतृत्वमा पुग्दा उसले संकल्प र प्रतिबद्धता गरेका प्रायः पूरा हुने आशको दिप उदाएको दिनको रुपमा मतदाता उत्साहित छ्न् । देशको राजनीतिक दर्दनाक अवस्थाकै कारण नयाँ र सक्षम ब्यक्तिलाई प्रायः मतदाताले स्वीकार गरेको स्थानीय तहको निर्वाचन परिणामले पुस्टि गरेको छ । तिनै नयाँ युवा पुस्तामा उदाएका एक इमान्दार र सक्षम ब्यक्ति हुन् बाबुलाल ।

को हुन् बाबुलाल..........? 

सुब्बाको हजुर बुवाका पालादेखि नै मेचीनगर–१४ मा बसोबास रहि आएको छ । बुवा बिरबहादुर र धर्मकला लिम्बुको कोखबाट बि.स. २०३६ भदौ ५ गते सुब्बा जन्मिएका हुन् । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्दै आएका सुब्बा २०५४ सालदेखि नेकपा माओवादी पार्टीमा लागे । केही समय भुमिगत पनि भए । २०६२÷०६३ को जनाआन्दोलनमा सक्रिय ढंगले भुमिकामा रहँदै हाल मेचीनगरको सहइन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छ्न् । नेपाल तेक्वान्दो संघको अध्यक्ष, बालसुबोधनी माबीको अध्यक्ष साथै  विभिन्न संघसस्थामा आबद्ध भइ जिम्मेवारी सम्हादै आएका छन् । 

सामान्य आर्थिक अवस्थालाई सुधार्न केही समय जग्गाको कारोबार पनि गरे । सुब्बाको परिवारमा श्रीमती र दुई छोरी छ्न् ।

babula1

बाबुलालको प्रतिबद्धता ................

मेचीनगर नगरकै नमुना वडाको रुपमा चिनाउने सुब्बाले गरेको अठोट  जीतपछि पूरा गर्लान् त ? भन्ने मतदाता हेर र पर्खाइमा छ्न् ।

एमालेको तर्फबाट ३ दशक लामो वडाको नेतृत्व सम्हाल्दै आएका शंकर पोख्रेललाई पराजित गरे । २०७२ सालको चुनावमा पनि शंकर पोख्रेलको प्रत्यासी बनेर चुनावी मैदानमा उत्रेका सुब्बाले झिनो मतान्तरले पराजय भोग्नु परेको थियो । सो निर्वाचनमा शंकर पोख्रेलले  १८२ मतान्तरले पराजित गरेको बदलामा सुब्बाले ११७ मतले पोख्रेललाई पाखा लगाएका हुन् ।

 ‘स्थानीय तहको निर्वाचन २०७९’ मा घरदैलो अभियानका क्रममा 

आफ्नो लक्ष्य नै नमूना वडा बनाउने हो, भन्दै त्यसका लागि मतको अनुमोदन गर्न मतदातालाई आग्रह गरेका थिए । जितपछि पहिलो कदम नै शिक्षा क्षेत्रको बिकासमा लगाउने बाचा उनको थियो । वडामा रहेका सबै सरकारी–सामुदायिक बिद्यालयलाई निःशुल्क गर्नेछु ।, बिद्यालय टाढा भएकै कारण निजि स्कुलमा अध्ययनरत बालबालिकाका लागि स्कुल बसको ब्यवस्थामा लाग्नेछु । 

बिद्यालयलाई अनिवार्य अग्रेजी शिक्षा लागू गर्ने, गुणस्तरीय प्राविधिमैत्री शिक्षा प्रदान गर्ने थलो बनाउछु । वडाको स्वास्थ्य चौकीमा ल्याबको ब्यवस्थापन गरि सामान्य बिरामीलाई उपचार गर्ने, सार्वजनिक ठाँउ खेलकूदलाई  ब्यस्स्था गर्छु । स्थानीय उत्पादनलाई प्राथमिकता दिई युवालाई रोजगारी प्रदान गर्नेछु । भ्रष्टाचार मुक्त समाजको निर्माण गर्दै गलत गतिविधिलाई निर्मुल गरेरै लक्ष पुरा गर्ने चुनावी अभियानमा बिश्वास दिलाएका थिए । मतदाताले पनि सुब्बाको उर्जालाई खेर जान दिएनन् । बाचा पूरा गर्न मतदान गरेर सुब्बालाई जिताए । 

मत परिणाम...........

बाबुलाल सुब्बाले गठबन्धन भित्र ३ सय ६१ बदर मतको चुनौतीको सामना गर्दा पनि १३८१ मत ल्याएर बाबुलाल बिजयी भएका हुन् ।  ११७ मतान्तरले प्रत्यासी पोख्रेललाई पछि पार्दै गठबन्धनका तर्फबाट मेचीनगर–१४ मा अध्यक्ष बाबुलाल सुब्बाले जित हासिल गरेका छ्न् ।  मेचीनगर–१४ मा ३२६१ मत खसेको थियो । त्यसैगरी दिपक सुबेदी (१३१७)  सदस्यमा बिजयी भएका छ्न् । उनी गठबन्धनका नेता हुन् । नेकपा एमालेका फुलकुमारी राजबंशी (१३७३), लाल महम्मद मिया (१३२५) ,दलित महिला बिमला सेवा (१३१६) मत ल्याएर बिजयी भए ।

बिजय र्याली पनि धुमधामका साथ गरे । उनीसँगै गठबन्धनका दिपक सुबेदी सदस्यमा निर्वाचित भए । गठबन्धनको तर्फबाट सदस्य गोपिराज मैनाली, सीता राजबंशी, रिना सेवाले झिनो मतान्तरले परजय भोग्नु पर्यो । अब बिजेता सुब्बाले प्रतिबद्धता गरेका सबै बिषय पूरा गर्लान त ? भन्ने मतदाता हेर र पर्खाइको अवस्थामा छ्न्  ।