झापा ।
स्थानीय तहको निर्वाचन २०७९ को ताजा अपडेट अनुसार आज (बिहीबार) बिहान ७ः३० बजेसम्मको देशभरको जीतको तुलनामा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ ।
कांग्रेस र माओवादीलगायतका दलहरुले केन्द्रियस्तरदेखि नै अधिकांश स्थानीय तहमा गठबन्धन गर्दै आएका छन् भने एमालेले भने केही पालिका तथा वडामा चुनावी तालमेल गरेको थियो । गठबन्धन गरेको नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्ममा देशभर प्रमुख पदमा २२९, एमालेले १४९, माओवादी केन्द्रले १०२ पालिकामा जीत हासिल गरेको छ ।
त्यस्तै प्रमुख पदमा जसपा १२, ए.समाजवादी ९, लोसपा १, राप्रपा २, राष्ट्रिय जनमोर्चा ४, नेमकिपा १, जनमत पार्टी १ तमलोपा १ र स्वतन्त्रबाट ७ स्थानमा विजयी हासिल भइसकेको छ ।
त्यसैगरी देशभर उपप्रमुखमा कांग्रेसले २११, एमालेले १५८, माओवादीले १०९, जसपा १२, ए.समाजवादी १५, लोसपा २, राप्रपा २, राष्ट्रिय जनमोर्चा ३, नेमकिपा १ र स्वतन्त्रले २ पालिकामा जीत हासिल गरेका छन् । नेपाली कांग्रेसले प्रमुखमा ९०, एमालेले ४८, माओवादीले १८ स्थानमा अग्रता कायम राखेको छ भने उपप्रमुखमा काँग्रेस ८१, एमाले ७१, माओवादीले २१ पालिकामा अग्रता कायम राखेको छ । अन्य दलहरुले पनि धेरै पालिकाहरुमा प्रमुख र उपप्रमुखमा अग्रता कायम राखेका छन् ।