झापा  । 

झापाको भद्रपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् ।पोखरेलले उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार असारु राजवंशीलाई  २७६६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । पोखरेलले १२५२५ मत ल्याउँदा राजवंशीले ९७५९ मत ल्याएर उपबिजेता बनेका हुन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६३१०, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बु ६०८, जनता समाजवादी पार्टीका समरकुमार राईले ३ ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्र कुमार सुहाङले ३००, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ प्राप्त प्राप्त् गरेका थिए । 

त्यसैगरी नगर उप–प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधा कार्कीले ९२३० मत प्राप्त गरी विजयी भएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार राजभण्डारीले ८५३३ मतका साथ उपविजेता भएका छन् । एमालेका कौशल्या अधिकारीले ८०४३, जसपा नेपालका नुतन झाले ४३०, रा जपाका मञ्जु वर्माले ३४१, मंगोल नेशनल अर्गनाइजेसनका यम कुमारी लिम्बु ३ ३६, मौलिक जरोकिलो पार्टीका कृष्ण देवी चुडाल ओलीले ३८ मत प्राप्त गरेका छन् । 

भद्रपुर वडा नं १० को वडाअध्यक्षमा नेकपा एमालेका टेकवहादुर खड्काले १४८० मतका साथ प्यानल विजयी भएको छ ।  जसमा महिला सदस्य संगीता ढकालले १ ४६४, दलित महिला सदस्य कमला आछामीले १५०३, तुलसी पोख्रेलले १४८८ र दुर्गाप्रसाद दाहालले १३०४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । 

भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ ।