अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले ७३४ मतले अग्रता कायम गरेका छन् । 

पछिल्लो मतगणना अनुसार तामाङले ७८९८ मत प्राप्त गरेका भन् भने गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसकी  उम्मेद्वार रञ्जिता कार्कीले ७१३४ मत ल्याएर पछ्याइरहेकी छिन् । 

त्यस्तै उपमेयरमा एमालेकी खड्गमाया पराजुलीले ७९४७ मत ल्याएकी छिन् भने गठबन्धनबाट माओवादी केन्द्रका उपमेयर पदका उम्मेद्वार जितेश योञ्जनले ४३७४ मत प्राप्त गरेका छन् । 

राप्रपाका मेयर पदका उम्मेद्वारले ८८३ मत र उपमेयर पदका उम्मेद्वार १०३३ मत प्राप्त गरेका छन् । 

अहिले वडा नं.७ को मतगणना जारी छ । वडा नं. ७ मा ४०० मत गणना भएको छ । वडाअध्यक्षमा एमालेले १९६, कांग्रेसले १६१ र राप्रपाले ८ मत प्राप्त गरेको छ । वडामा जम्मा ४१८० मत खसेको छ ।