झापा ।
झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले विजयी बनेको छ । बुधवार (आज) विहान सम्पन्न मतगणनाको परिणाम अनुसार एमालेका उम्मेदवार देविन्द्रप्रसाद चौंलागाईंले ७१४८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेद्वार तथा पूर्व अध्यक्ष खड्गप्रसाद राजबंशीले ४३६१ मत ल्याएका छन् । चौंलागाईँले २७८७ मतान्तरले राजबंशीलाई पछि पार्दै निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा शान्तादेवी शिवाकोटीले ६६३६ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी राप्रपाकी कमला राजबंशीले ४१९५ मत प्राप्त गरेकी थिइन् ।
१९ हजार हाराहारीमा मत खसेको सो गाउँपालिकामा वडा नं. १, २, ३ र ७ मा काग्रेस, वडा नं. ४ मा स्वतन्त्र र वडा नं. ६ मा एमाललेले वडाध्यक्षसहित अधिक प्यानल नै विजय हासिल गरेको पालिकाको निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिएका छन् ।