सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा २४७१२ मत गणना हुँदा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार राजेन्द्रकुमार पोखरेल २१३५ मतले अगाडी रहेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार पोखरेलले ८३४४ मत प्राप्त गर्दै अग्रता कायम गरिरहेका छन् । 

पोखरेलका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेद्वार रुद्रप्रसाद चिमरियालाई ६२०९ मत प्राप्त गर्दै पाखरेललाई पछ्याइरहेका छन् । 

त्यस्तै स्वतन्त्र जेब्रा चिन्हका मेयर पदका उम्मेद्वार शेरबहादुर थापाले भने ५६०९ मत प्राप्त गरेका छन् । 

यता उपमेरमा नेपाली कांग्रेसकी उम्मेद्वार आशा शर्मा शिवाकोटीले १०१८५ मत प्राप्त गर्दा एमालेकी मञ्जु प्रसाईले ८५१५ मत प्राप्त गरेकी छिन् । शिवाकोटी १६७० मतले प्रसाई भन्दा अगाडी छिन् । 

थप प्रमुख, उपप्रमुख र वडा नं. २ र ३ को मत परिणाम 

प्रमुख 

एमाले राजेन्द्रकुमार पोखरेल – ८३४४

काग्रेस रुद्रप्रसाद चिमरिया – ६२०९

राप्रपा श्यामसुन्दर ओली – २०७२

स्वतन्त्र (जेब्रा) शेर बहादुर थापा –५६०९

तराजु  भिमप्रसाद अधिकारी – १७३

पुतली देवीप्रसाद उप्रेती –९

कम्प्युटर  टंका उप्रेती – १९

उप–प्रमुख 

एमाले मञ्जु प्रसाईं – ८५१५

कांग्रेस आशा शर्मा शिवाकोटी – १०१८५

राप्रपा सचित्रा खनाल चुडाल – १६१९

एस (कलम) अम्बिका महत उप्रेती –६०४

तराजु  अम्बिका चापागाईं सुवेदी –११२

किताब  बिन्दिया बराइली – ७

कम्प्युटर  शान्ता दाहाल –१५

वडाअध्यक्ष तर्फ 

 वडा नं. २ वडाअध्यक्ष 

१९८१ मत गणना हुँदा

एमाले – ५९२

कांग्रेस – ४८६

राप्रपा – ३८

माओवादी –५७

जेब्रा –६११

वडा नं. ३ वडाअध्यक्ष 

४९१३ मत गणना हुँदा

एमाले – १४३७

कांग्रेस – १२०५

राप्रपा – ४३०

जेब्रा – १२०८

तराजु –८२

कनकाई नगरको मतगणना आजै राती सम्पन्न हुने देखिएको छ ।