सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेको वडाअध्यक्ष पदका उम्मेद्वार सुशिलकुमार पोखरेलसहित प्यानल निर्वाचित भएको हो ।
पोखरेलका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेद्वार सूर्यकुमार थापाललाई २६७ मतान्तरले पछि पार्दै उनी निर्वाचित बनेका हुन् । पोखरेलले १२१६ मत प्राप्त गरेका छन् भने थापाले ९४९ मत ल्याएका थिए ।
त्यस्तै महिला सदस्यमा निर्मला खड्का, दलित महिला सदस्यमा संजिता घतानी ल्वागुन, खुल्ला सदस्यमा दलबहादुर थापा र हरिकुमार राई एमालेबाटै निर्वाचित भएका छन् ।