हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका वडा नं. २ मा नेकपा माओवादीका तर्फबाट उम्मेद्वार बनेका शुकलाल राजवंशी वडाअध्यक्षमा निर्वाचित भएका छन् । राजवंशी १२६१ मत प्राप्त गर्दै बिजयी बनेका हुन् ।
राजवंशीका निकतम प्रतिद्धन्द्धी कांग्रेसका कृष्णप्रसाद प्रसाईले ११५५ मत ल्याएका थिए । राजवंशी १०६ मतान्तरले निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यमा महिला सदस्य रचना कुलुङराई (११०७) दलित महिला सदस्य अम्विका तोलाङ्गी, (११०२) र खुल्ला सदस्य गणेश मगर (१०१३) माओवादीका तर्फबाटै बिजयी बनेका छन् भने खुल्ला सदस्य नेकपा एमालेका बिष्णुबहादुर राई (१०८७) मत प्राप्त गर्दै बिजयी बनेका हुन् ।