झापा ।
झापाको भद्रपुर नगरपालिका वडा नं. ४ मा (नेकपा माओवादी केन्द्र) का तर्फबाट उम्मेद्वार बनेका हंशधर राजवंशी पुनः वडा नम्बर ४ मा निर्वाचित भएका छन्
कांग्रेस र एकीकृत समाजवादी र माओवादीसँग गठबन्धन गरेर नगरमा चुनावी तालमेल गरिएको थियो । राजवंशीले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर लिम्बुलाई ३३१ मतान्तरले पराजित गरेका हुन् ।
राजवंशीले १२६६ र लिम्बुले ९३५ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा एमालेका माधवप्रसाद अधिकारी, अर्जुन बानिया, दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा विजयी बनेका छन्। महिला सदस्यमा माओवादीका सविता पुरी विजयी भएकी छिन् ।