सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार राजेन्द्रकुमार पोखरेलले ७४४ मतले अग्रता लिएका छन् । 

मतगणनाको शुरुदेखि नै अग्र स्थान ओगट्दै आएका स्वतन्त्र जेब्रा चिन्हका मेयर पदका उम्मेद्वार शेरबहादुर थापालाई आधा मतगणना पछि उछिन्दै आएका छन् । पोखरेलले ४८८३ ल्याउँदा थापाले ४१३८ मत ल्याएका छन् । पोखरेलले पछिल्लो मत गणना अनुसार ७४४ मतले पछि पारेका छन् ।

 त्यस्तै उपमेरमा नेपाली कांग्रेसकी उम्मेद्वार आशा शिवाकोटीले ५८२३ मत प्राप्त गर्दा एमालेकी मञ्जु प्रसाईले ५१५७ मत प्राप्त गरेकी छिन् । 

१५,१५४ मतगणना हुँदा 

मेयर 

एमाले राजेन्द्रकुमार पोखरेल = ४८८२

कांग्रेस रुद्रप्रसाद चिमरिया =  ३३५१

राप्रपा श्यामसुन्दर ओली = ११७१

स्वतन्त्र (जेब्रा) शेर बहादुर थापा = ४१३८

तराज भिमप्रसाद अधिकारी = ८९

पुतली देवीप्रसाद उप्रेती = १

कम्प्युटर टंका उप्रेती = १४

उपमेयर 

एमाले मञ्जु प्रसाईं = ५१५७

कांग्रेस आशा शर्मा = ५८२३

राप्रपा सचित्रा खनाल चुडाल = १०१२

एस (कलम)  अम्बिका महत उप्रेती = ४५६

तराजु  अम्बिका चापागाईं सुवेदी = ६८

किताब  बिन्दिया बराइली = ७

कम्प्युटर  शान्ता दाहाल = ११

वडाअध्यक्ष 

वडा नं. ३ मा २१०२ गणना हुँदा

एमाले  = ६६२

कांग्रेस = ४४९

राप्रपा = १८६

तराजु = ६४

जेब्रा = ४७५