झापा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र श्रेष्ठ (सिद्धार्थ) निर्वाचित भएका छन् । श्रेष्ठले १५०८ मत प्राप्त गरेका थिए भने उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका तुलसीप्रसाद खतिवडाले १२२६ मत प्राप्त गरेका थिए ।
त्यस्तै ४ जनै सदस्यमा एमालेका बिजयी बनेका छन् । महिला सदस्य शर्मिला सुब्बा, दलित महिला सदस्य बिमला रोक्का, खुल्ला सदस्य बलबहादुर समाल र प्रेम उपरकोटी बिजयी बनेका हुन् ।
यसैगरी बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ । मत परिणाम अनुसार पाण्डेले १४७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका वडाध्यक्षका उम्मेद्वार बलराम कार्की १२२० मत ल्याउन सफल भएका थिए । कार्कीलाई पाण्डेले २५९ मत अन्तरले जितेका छन् ।
वडाको महिला सदस्यमा यमुना आचार्य, दलित महिला सदस्यमा कमला महरा र सदस्यमा योगचन्द्र आङ्बोहाङ निर्वाचित भएका छन् ।