सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार राजेन्द्रकुमार पोखरेलले ७६ मतले अग्रता लिएका छन् ।
मतगणनाको शुरुदेखि नै अग्र स्थान ओगटेका स्वतन्त्र जेब्रा चिन्ह प्राप्त गरेका मेयर पदका उम्मेद्वार शेरबहादुर थापालाई पोखरेलले पछिल्लो मत गणनाअनुसार ७६ मतले पछि पारेका छन् ।
मेयरमा कांग्रेसका रुद्रप्रसाद चिमरियाले २४३३, राप्रपाका श्यामसुन्दर ओलीले ७९२ मत प्राप्त गरेका छन् । त्यस्तै तराजु ५४ मत, पुतली १ मत र किबोर्डसहितको कम्प्युगर चिन्हले ९ मत प्राप्त गरेका छन् । पोखरेलले ३९४० मत प्राप्त गरेका छन् भने थापाले ३८६४ मत ल्याएका छन् ।
त्यस्तै उपमेरमा नेपाली कांग्रेसकी उम्मेद्वार आशा शिवाकोटीले ४५५५ मत प्राप्त गर्दा एमालेकी मञ्जु प्रसाईले ४२७० मत प्राप्त गरेकी छिन् । त्यस्तै उपमेयरमा राप्रपाले ७५८, कलम ४०५, तराजु ५२, किताब ६ र किबोर्डसहितको कम्युटर चिन्हले ९ मत प्राप्त गरेका छन् ।