सुरुङ्गा ।
कनकाई नगरपालिका वडा नम्बर ७ को मतगणनाको परिणाम सम्पनसँगै वडाअध्यक्षमा काङ्ग्रेसका भिष्मभुषण सिटौला बिजयी भएका छन्।
सिटौलाका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश शिवाकोटी २४८ मतले पछि पार्दै बिजयी बनेका हुन् । सिटौलाले १११५ मत प्राप्त गर्दा शिवाकोटीले ८६७ मत मात्रै प्राप्त गरेका थिए । उक्त वडामा जम्मा २३२९ मत खसेको थियो ।
सदस्यतर्फ काङ्ग्रेसकै अरुणा सुब्बा, सावित्रा सार्की र भगन टुडु विजयी भएका छन् भने खुल्ला सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल आङ्थुपा लिम्बू विजयी भएका छन् ।
यसअघि कनकाईको वडा नं. ६ ,८ र ९ को नतिजा सार्वजनिक भइसकेको छ । अन्य वडाको मतगणना जारी छ ।