झापा । 

अर्जुनधारा नगरपालिका –१ : 

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ वडाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र बस्नेत निर्वाचित भएका छन् । बस्नेतले १५९४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी विष्णुलाल ढकाललाई १४० ले पछि पार्दै निर्वाचत भएका हुन् । 

 सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार महिला सदस्य  मुना खत्री, महिला सदस्य इन्दिरा रामदाम, वडा सदस्यहरु  मदन लिमेल (मगर) र दिनेशकुमार घिमिरेनिर्वाचित भएका छन् । 

बाह्रदशी गाउँपालिका –२ :

बाह्रदशी गाउँपालिका २ को वडाध्यक्षमा भीमवहादुर कार्की नेतृत्वको नेपाली कांग्रेसको प्यानलै निर्वाचित भएको छ ।गठबन्धन दलका तर्फबाट उम्मेद्वार बनेका कार्कीले नेकपा एमालेका उम्मेद्वार यादव मिश्रलाई पराजित गर्दै कार्की वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

कार्कीसँगै खुल्ला सदस्यमा इस्हाक आलम मिया र युवराज ढकाल, महिला सदस्यमा रञ्जना वास्कोटा र दलित महिला सदस्यमा पुनम देवी खत्वे निर्वाचित भएका बाह्रदशी गाउँपालिका निर्वाचन आयोगले जनाएका छ । 

कनकाई नगरपालिका–८ :

कनकाई नगरपालिका वडा नं. ८ को अन्तिम मतगणना  परिमाण अनुसार नेपाली काङ्ग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार लीलाबहादुर कटुवालले ९१८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर कटुवाललाई ५२ मत अन्तरले हराउँदै निर्वाचित  वनेका हुन् । वडामा जम्मा २३९५ मत खसेको थियोे ।

त्यसैगरी महिला सदस्यमा नेपाली कांग्रेसकै रिता उप्रेती निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा नेकपा एमालेकी कविता बिक, खुल्ला सदस्यमा एमालेकै बलभद्र ढुङ्गेल र भक्तबहादुर बिष्ट निर्वाचित भएका छन् ।