सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेद्धार बनेका शेरबहादुर थापा एकहजार २ सय ९९ मत गणना हुँदासम्ममा २ सय १८ मतले अग्र स्थानमा रहेका छन् ।
नेकपा (माओवादी केन्द्र) र समाजवादीको समर्थनमा स्वतन्त्रबाट मेयर पदमा उम्मेद्धारी दिएका थापाले २ बजेसम्ममा जम्मा १२९९ मत गणना हुँदा ५८८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयर पदका उम्मेद्वार राजेन्द्रकुमार पोखरे भन्दा २१८ मत वढि ल्याएका छन् । एमालेका मेयर पदका उम्मेद्धार पोखरेलले ३६४ मत ल्याएर थापालाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेद्धार रुद्रप्रसाद चिमरियाले १३५ मत, राप्रपाका उम्मेद्धार श्यामसुन्दर ओलीले ४८ मत, मेयरमै तराजु चिन्हका साझा विवेकशील साझा पार्टीका भीम अधिकारीले एक मत ल्याएर प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी मन्जु प्रसाईले ४७४ मत, कांग्रेसकी आशा शर्मा शिवाकोटीले ३५३ मत, राप्रपाकी सचित्रा खनालले ८८ मत, नेकपा एसकी कलम चिन्हकी उपमेयरकी उम्मेद्धार अम्बिका उप्रेतीले ४० मत, तराजुकी अम्बिका चापागाईले समेत जम्मा २ मत प्राप्त गरेकी छिन् ।
कनकाईको ९ र ८ नम्बर वार्डमा हाल धमाधम मतगणना भइरहेको छ । कनकाईमा जम्मा ३५ हजार ४ सय ७१ मतदातामा २५ हजार ८ सय ५१ मत अर्थात ७२ दशमलव ८८ प्रतिशत मत खसेको थियो । हालसम्म कनकाईको मेयर पदमा माओवादी विप्लप र मौलिक जरोकिलो पार्टीका मेयर पदका उम्मेद्धारले खाता सम्म खोल्न सकेका छैनन ।