मेचीनगर ।
झापा मेचीनगर –१४ मा गठबन्धनको तर्फबाट प्रत्यसी बाबुलाल सुब्बा स्वास्थ्य र शिक्षामा नगरकै नमुना वडाको रुपमा चिनाउने अठोट गरेका छन् ।
मेरो लक्ष्य नै नमूना वडा बनाउने हो’, उनले भने, ‘त्यसका लागि हम र मेरो टिमलाई जनताले मत दिएर अनुमोदन गर्न जरुरी छ, एक पटक मत दिएर विश्वास गर्नुहोस्, तपाईंहरुको मत खेर जान दिने छैनौं । भ्रष्टाचारमुक्त समाजको निर्माण गर्दै गलत गतिविधिलाई निर्मुल गरेरै लक्ष पुरा गर्छु, ।
‘हामी बिकास बिकास भन्छौ, समाजलाई बिकासित रुपमा देख्नका लागि पहिले हाम्रो शोच(बिचार नै बिकास हुनुपर्छ । शोच–बिचारलाई बिकास गर्न ब्यक्तीलाई शिक्षाको खाचो पर्छ ।, तसर्थ, जितपछि मेरो पहिलो कदम नै शिक्षा क्षेत्रको बिकासमा लगाउनेछु । मेरो वडामा रहेका सबै सरकारी–सामुदायिक बिद्यालयलाई निशुल्क गर्नेछु । बिद्यालय टाढा भएकै कारण निजि स्कुलमा अध्ययनरत बालबालिकाका लागि स्कुल बसको ब्यबस्थामा लाग्नेछु । यो कदम देशकै नयाँ र नमूना हुनेछ ।’
‘बिद्यालयलाई अनिवार्य अग्रेजी शिक्षा लागू गर्ने, गुणस्तरीय प्राविधिमैत्री शिक्षा प्रदान गर्ने थलो बनाउछु । वडाको स्वास्थ्य चौकीमा ल्याबको ब्यबस्थापन गरि सामन्य बिरामीलाई उपचार गर्ने, सार्वजनिक ठाँउ खेलकुदलाई ब्यबस्था गर्छु ।’ स्थानीय उत्पादनलाई प्राथमिकता दिई युवालाई रोजगारी प्रदान गर्नेछु ।
वडामा गठबन्धनको तर्फबाट अध्यक्षमा सुब्बा र गोपिराज मैनाली, सीता राजबन्सी, दिपक सुबेदी र रिना सेवा चुनावी मैदानमा उत्रेका छ्न् ।