मेचीनगर ।
झापा मेचीनगर –११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) का प्रत्यासी राजन प्रसाईले वडालाई नगरकै नमुना वडाको रुपमा चिनाउन अध्यक्षमा उम्मेद्बारी रहेको दाबी गरेका छन् ।
मेरो लक्ष्य नै नमूना वडा बनाउने हो’, उनले भने, ‘त्यसका लागि म र मेरो टिमलाई जनताले मत दिएर अनुमोदन गर्न जरुरी छ, एक पटक मत दिएर विश्वास गर्नुहोस्, तपाईंहरुको मत खेर जान दिने छैनौं ।
भ्रष्टाचारमुक्त समाजको निर्माण गर्दै गलत गतिविधिलाई निर्मुल गरेरै लक्ष पुरा गर्छु, । हामी बिकास बिकास भन्छौ, समाजलाई बिकासित रुपमा देख्नका लागि पहिले हाम्रो शोच(बिचार नै बिकास हुनुपर्छ । शोच(बिचारलाई बिकास गर्न ब्यक्तीलाई शिक्षाको खाचो पर्छ ।, तसर्थ, जितपछि मेरो पहिलो कदम नै शिक्षा क्षेत्रको बिकासमा लगाउनेछु । मेरो वडामा रहेका सबै सरकारी( सामुदायिक बिद्यालयलाई निशुल्क गर्नेछु । बिद्यालय टाढा भएकै कारण निजि स्कुलमा अध्ययनरत बालबालिकाका लागि स्कुल बसको ब्यबस्थामा लाग्नेछु । ‘यो कदम देशकै नयाँ र नमूना हुनेछ ।’
‘बिद्यालयलाई अनिवार्य अग्रेजी शिक्षा लागू गर्ने, गुणस्तरीय प्राविधिमैत्री शिक्षा प्रदान गर्ने थलो बनाउछु । वडाको स्वास्थ्य चौकीमा ल्याबको ब्यबस्थापन गरि सामन्य बिरामीलाई उपचार गर्ने, सार्वजनिक ठाँउमा शारीरिक बयामको ब्यबस्था गर्छु । स्थानीय उत्पादनलाई प्राथमिकता दिई युवालाई रोजगारी प्रदान गर्नेछु ।’
वडामा राप्रपाको तर्फबाट खुल्ला सदस्यमा लक्षमण लिम्बू, गोपाल कार्की, र देबिमाया शिवाकोटी चुनावी प्रतिश्पर्धाको मैदानमा उत्रिएका छन् ।