हल्दिबारी ।
नेपाली कांग्रेस हल्दिबारीले निर्वाचन लक्षित कोणसभामा आफ्ना सबै उम्मेदवारसहित सबै वडा र टोल टोलमा चुनाव प्रचारप्रसारलाई तिब्रता दिएको छ। दैनिक ३÷४ चार स्थानमा कोणसभा आयोजना गरेको छ।
गापाका अध्यक्ष पदका उम्मेदवार तुलसीप्रसाद ओलीले कोणसभामा बोल्दै अध्यक्षका प्रत्याशी उम्मेदवार रबिन्द्र लिङ्देन र डम्बर बहादुर गिरी हल्दिबारी गापाका जनता जनार्दनको मनको ल्याबमा टेस्ट भएर फेल भइसकेको तसर्थ एकपल्ट काङ्ग्रेसलाई जिताएर काम गर्ने मौका दिन आग्रह गरेका थिए।
बहुमत हुँदा पनि डम्बर गिरीले दम्भ गरेर जनताको जनजिबिकाको सवालमा केही काम नगरेको, उनको वरिपरि घुम्नेका निम्ति मात्र जनप्रतिनिधि जस्तो व्यवहार गरि अन्य जनताले दिएको मतको अबमुल्यन गरेको साथै रबिन्द्र लिङ्देन अल्पमतमा परे भन्दै ५ बर्ष केही काम नगरी गुनासोको पोको मात्र भएर बसेको आरोप लगाउँदै एकपल्ट काङ्ग्रेसका उम्मेदवारलाई जिताएर काम गर्ने मौका दिन अनुरोध गरेका छन् ।
ओलीले शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, बिधुतको सहज पहुच, सडक बिस्तार लगायत पर्यटन मार्फत हल्दिबारीलार्इ समृद्ध र देशकै नमुना गाउँपालिका निर्माण गर्ने संङ्कल्पसहित कृषि मार्फत सबै जनतालाइ समृद्धि प्रदान गर्ने र मजदुर र श्रमजिवीको हकमा निशुल्क बिमा गर्ने प्रतिबद्द्ता जनाए ।
त्यसैगरी उनले गरिबिको रेखामुनी रहेका जनतालाइ ‘क’ ‘ख’ ‘ग’ ‘घ’ बर्गमा बिभाजन गरि रासन कार्ड उपलब्ध गराउने र तरकारी र अन्य दैनिक उपभोग्य खानेकुरामा छुटको ब्यबस्था गर्ने र सब्जीजन्य बस्तुमा जनतालाई आत्मनिर्भर बनाइ भण्डारणका लागि चिस्यान केन्द्रको स्थापना गर्ने बताए। साथै अहिलेको करको दर ५० प्रतिशत घटाउने बताए दमक र हल्दिबारीको करको दर बराबर रहेको बताए ।
त्यसैगरी उपाध्यक्ष का उम्मेदवार लखन हेमरम र वडाध्यक्षका उम्मेदवार कृष्ण प्रसाईले जनताको घर दैलोमा स्थानीय सरकारको अनूभूति गराउने साथै आदिबासी जनजाती लोपोन्मुख र गरिबीका रेखामुनी रहेका जनताको जीवनस्तर उकास्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।