बिर्तामोड ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियान अन्तगरतका कार्यक्रमहरुलाई अघि बढाईरहेको छ ।
एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमखको उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलासहित उम्मेदवारहरुको टोलीले वडा नम्बर ९ का विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको हो ।
उम्मेदवारहरुले वडा नम्बर ९ का टाँगाबारी, कञ्चन टोल, लखिबाडी, सतालसिंवाडी, केरकेरुवाडी, नारायणकृष्ण टोल, पिपल चोक र नडियाबाडीमा पुगेर सूर्य चिन्हमा मतदानका लागि आग्रह गर्दै आफ्नो पार्टीले अघि सारेका योजनाका बारेमा प्रतिवद्वता व्यक्त गरेका छन् ।
बिर्तामोडको वडाध्यक्षमा हरिप्रसाद चौलागाई, खुल्ला महिला सदस्यमा कल्पना राजवंशी, दलित महिलामा संगीता सिवा, सदस्यमा केशव बुढाथोकी र चन्द्रप्रसाद दंगाल उम्मेदवार रहेका छन् ।
राष्ट्रिय सभाका पूर्व सदस्य तथा नेकपा एमाले चुनाव प्रचारप्रसार समिति बिर्तामोडका संयोजक हरिचरण शिवाकोटीको संयोजकत्वमा सञ्चालित चुनावी अभियानको सोमबारको कोणसभामा नेकपा एमाले प्रदेश १ कमिटिका सचिव चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की लगायतले संवोधन गरेका थिए ।