बिर्तामोड ।
नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नगरपालिकालाई सुखी बिर्तामोड, समृद्ध बिर्तामोड बनाउने बताएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमाले नेतृत्वको स्थानीय सरकारले नगरलाई सुखी र समृद्ध बनाउनका काम गर्ने बताएका हुन् ।
अध्यक्ष भट्टराईले नगरको सानो बजेट हुने भएपनि १० वटै वडामा समानन्तर तरिकाले वितरण गरेर काम अघि बढाइने बताए । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको शुसासनका लागि काम गर्ने बताउँदै उनले फेरि एक पटक सूर्य चिन्हमा मतदान गर्न सबैँंग आग्रह गरेका छन् ।
अध्यक्ष भट्टराईले अवको ५ वर्षमा एमाले नेतृत्वको सरकारले गरिब, सुकुम्वासी, सिमान्तकृत, कृषक,युवा, विद्यार्थीलगायतका सबै क्षेत्रमा महत्वपूर्ण काम गरेर देखाउने बताए । उनले नगरप्रमुख पवित्रा महतारा प्रसाई नेतृत्वको सरकारले अवको ५० वर्षसम्ममा बिर्तामोडको आर्थिक समृद्वि, उद्योग कलकारखाना, व्यापार व्यवसाय, कृषि लगायतका क्षेत्र कस्तो हुने भन्ने बारेमा बाहिरबाट एक्सपर्ट ल्याएर भएपनि यहाँ भएका उद्यमशिलताहरुलाई योजनावद्व तरीकाले अघि बढाउने बताए । अवको ५ वर्षपछि मत माग्न जाँदा एमाले नै विकास गर्ने पार्टी रहेछ भन्ने जनतालाई प्रमाणित गरेर देखाउने पनि उनले बताए ।
नेकपा एमाले नेतृत्वको सरकारले यस अघि पनि भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य,कृषिको क्षेत्रमा धेरै काम गरेको बताउँदै अध्यक्ष भट्टराईले एमालेमात्रै देशको विकास प्रेमी पार्टी रहेको बताए । अव निर्वाचित एमाले सरकारले यस अघिका अधुरा कामहरुलाई पुरा गर्ने र घोषणा पत्रमा समावेश गरीएका विषयहरुलाई प्रतिवद्वताका साथ कार्यान्वयन गरिने पनि बताए ।