हल्दीबारी । 

हल्दीवारी गाउँपालिका  लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई पार्टीको निर्देशन र जनताको आवश्यकता लाई ध्यानमा राखेर पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

 गाउँपालिका अध्यक्षका उम्मेद्बार डम्बरबहादुर गिरी र उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतमले आफुहरु पार्टीको सिपाही र जनताको सेवक भएकाले विकासका लागि प्रतिवद्वता पत्र अक्षरस  कार्यान्वयन गर्ने बताएका हुन् । उनिहरुले आफ्नो ५ वर्षको कार्यकालमा रचनात्मक  ढंगले प्रतिवद्वता पुरा गर्ने बताए  । 

 प्रतिवद्वता पत्रमा जनताका मौलिक अधिकार र जनमुखी योजना भएकाले स्थानीय श्रोत र साधनकोअधिकतम प्रयोग गरिने बताए ।आम मतदातालाई नेकपा एमालेले तयार गरेको घोषणापत्र एकपटक गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गरेका छन् ।

पार्टी उम्मेद्बार र निर्वाचन परिचालन कमिटीलाई सम्बोधन गर्दै  अध्यक्ष पदका  उम्मेद्बार गिरीले अघिल्लो कार्यकालमा न्याय सम्पादन संगै बिकासको कामको पनि नेतृत्व गरेको र अब बाँकी रहेका कामलाई पुणता दिने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै उपाध्यक्ष उम्मेदवार गौतमले न्यायीक र समतामूलक समाज निर्माण गर्दै बिमा,स्वास्थ्य,शिक्षा,कृषि,पशुपंछी,पर्यटन,खेलकुद,महिला ,बालबालिका  लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्वता पत्रमा समेटीएको र  हावादारी कुरा नभएकाले प्रतिबद्धता पत्र अनुसार काम गर्ने बताइन् ।

यहाँको मुख्य श्रोत कृषि र पर्यटन नै भएकाले दीर्घकालीन लक्ष्य प्राप्त गर्ने गरि योजना बनाएर उत्कृष्ट पालिका निर्माण गर्न जनताकै सुझाव अनुसार रणनीतिक काम गर्ने उल्लेख गरे ।