बिर्तामोड ।

 बिर्तामोड नगरपालिका वडा नं. १० मा गठबन्धनका उम्मेद्वारसहित नेता तथा कार्यकर्ताले घरदैलो अभियानसँगै कोणसभा सम्पन्न गरेका छन् । 

गठबन्धनका तर्फबाट मेयर पदका उम्मेद्वार भोजराज सिटौला र उपमेयर पदका उम्मेद्वार सीपी कडरियासहित नेता तथा कार्यकर्ताले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको घर–आंगनमा पुगेर भोट माग्ने अभियान गरेको नेकपा(माओवादी केन्द्र) बिर्तामोड नगर कार्यबाहक अध्यक्ष जेबि जवेगुले जानकारी दिए । 

उपमेयर पदका उम्मेद्वार कडरियाले गठबन्धन प्रतिगमन शक्तिहरुलाई साइजमा ल्याउजेलसम्म रहिरहने बताएका छन् । गठबन्धन भित्र घात अन्तरघात भएको सुइको भएको थाहा भए त्यो नराम्रो हुने उनले बताए । झापाका एकला सुकुम्वासी भएको बताउँदै ५० प्रतिशत कार्य सम्पादन भइसकेको र जेठ १५ गतेबाट कार्य शुरु हुने बताएका छन् । 

मेयर पदका उम्मेद्वार सिटौलाले जितेर मेयर भएपछि सामान्य जीवन जिउने बताउँदै सवैको साझा मेयर बन्ने प्रतिवद्धता जनाएका छन् । मेयरमा जितेपछि पाउने गाडी एम्बुलेन्स बनाउने र तलव÷सुबिधा आधा खेलकूदमा लगाउने उनले प्रतिवद्धता ब्यक्त गरे । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) नेपाली कांग्रेस झापा सचिव नविन बिमली, वडाअध्यक्ष दूर्योधन गुरुङ, राम लिम्बुलगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।