अर्जुनधारा ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताएका छन् । आज(आइतवार) अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्ज समेत रहेका नेता खरेलले अर्जुनधारमा एमालेले मेयर उपमेयर पदमा चुनाव जितिसकेको अवस्था रहेपनि औपचारीक घोषणका लागि बैशाख ३० पर्खिएको बताए ।
उनले अर्जुनधारामा सबैको साझा सहमतिमा एमालेले यूवा नेता बलदेव गोम्देन ताामङलाई मेयर पदको उम्मेदवार बनाएसंगै अन्य दलका मेयर पदका आकांक्षीहरुको उतिबेलै भागाभाग भएको बताए । गोम्देन उम्मेदवार चुनिएसंगै मुख्य प्रतिस्पर्धी कांग्रेसले उम्मेदवार नै परिवर्तन गरेको दावी गरे ।
अहिले देखिएको नेकपा एमालेका उम्मेदवारहरुप्रति जनताको आकर्षणले चुनाव जितिसकेको सहजै अनुमान गर्न सकिने उनले बताए । नगरबासीमा लोकप्रिय नेता बलदेवले ५ बर्षको अवधिमा १० नम्बर वडामा वडाअध्यक्ष हुँदा गरेका काम, विकास प्रतिको लगाव र कटिबद्धतानै चुनाव जित्ने आधार भएको नेता खरेलको भनाई थियो ।
त्यस्तै चुनावीकोणसभालाई सम्बोधनको क्रममा नेता खरेलले उदार लोकतन्त्रको कुरा गर्ने कांग्रेसले माओवादी केन्द्रँंग मिलेर ल्याउने व्यवस्ता कास्तो हुन्छ ? भन्दै प्रश्न गरे । उनले केबल राजनैतिक दलको स्वार्थका लागि गठबन्धन भएकाले मुलुकका लागि दुर्भाग्य भएको बताए । दुनीयाँमा अन्य मुलुममा पनि सरकार बनाउनका लागि गठबन्धन भएका थुपै उदाहरण रहेपनि स्थानीय सरकारका प्रतिनिधिलाई जनताले प्रत्यक्ष चुन्ने निर्वाचनमा गठबन्धन भएको यो नै पहिलो भएको तर्क पनि गरे ।
उनले बिचारका आधारमा संगठीत गर्ने पद्धतीलाई कांग्रेस र माओवादी केन्द्रले ध्वस्त पारेको भन्दै ती दल संसदीय व्यवस्थाको खिलापमा उभिएको आरोप लगाए ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट अर्जुनधाराको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुलीले समृद्ध नगर निर्माण गर्ने योजना पुरा गराउनका लागि आफुहरुलाई मतदान गरि विजयी गराउन आग्रह गरे ।