लक्ष्मीपुर । 

आम अर्जुनधारा नगरपालिकाबासीको मागको आधारमा अर्जुनधारामा गठबन्धनले मेयर र उपमेयरको उम्मेद्वार तय गरेको नेकपा (माओवादी केन्द्र) अर्जुनधारा नगरका सह–इन्चार्ज सन्तोष थापाले बताएका छन् । 

सामाजिक सञ्जाल, सञ्चारमाध्यममा ८० प्रतिशत भन्दा बढि युवाहरुको भावना बुझेर मेयरमा रञ्जिता कार्की र उपमेयरमा जितेश योञ्जनलाई उम्मेद्वार बनाएको सह–इन्चार्ज थापाले जानकारी दिए । 

मेयर पदकी उम्मेद्वार कार्कीले तीन वटा भन्दा बढि बिषयमा मास्टर डिग्री हासिल गरेकी छिन् भने उपमेयर पदका उम्मेद्वार योञ्जनले समाज शास्त्र, समाज बिज्ञान जस्ता बिषयमा मास्टर डिग्री हासिल गरेका छन् । युवा तथा नगरबासीको माग भएकाले पनि उनीहरु दुवै विजयी हुनेमा संयुक्त गठबन्धन ढुक्क छन् । 

उम्मेद्वार योञ्जन शिक्षित मात्र नभएर राजनीतिकमा अढाई दशक भन्दा बढी समय बिताएका ब्यक्ति हुन् । दुवै युवा उम्मेद्वार थुप्रै आन्दोलन र बिद्यार्थी मोर्चाहरुमा संलग्न भएको एक कुशल नेतृत्व गर्न सक्षम ब्यक्ति भएको थापाको भनाई छ । नेता योञ्जन नेकपा (माओवादी केन्द्र) का २ नम्बर निर्वाचन क्षेत्र प्रदेश (ख) का इन्चार्ज समेत हुन् । 

उपमेयर पदका योञ्जनको नेतृत्वमा एकसय ५० करोड भन्दावढि रुपैयाँ बिभिन्न पालिकामा भित्र्याइएको बताइएको छ । आगामी जेठ महिना भरीमा शनिश्चरे सडक कालोपत्रे गर्ने तयारी समेत गरिएको थापाले बताए । ‘यी स्तरका उम्मेद्वार अन्य पालिकामा छैनन्’ थापाले भने ‘ पढेर मात्र नभएर ब्यवहारिक रुपले समेत मतदातालाई सम्बोधन गर्न सक्ने क्षमता योञ्जनमा छ ।’ 

अर्जुनधारा नगरपालिकामा मेयर र उपमेयर माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उम्मेद्वार बनाइएको हो ।