- प्रकाश उप्रेती
मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकाका लागि गठबन्धनको तर्फबाट उपमेयरका प्रत्यासी प्रकाश भण्डारी चुनावी मैदानमा छन् । स्थानीय तह निर्वाचनका लागि मेचीनगरबाट उपमेयर पदमा उठेका भण्डारी क्रान्तिबाट खारिएका एक शसक्त योद्धा हुन् । बुवा लक्ष्मीप्रसाद भण्डारी र आमा किन्तुमाया भण्डारीको कोखबाट २०३६ जेठ १४ गते कान्छो छोराको रुपमा जन्मिएका उनी निरन्तर माओवादी राजनीतिमा सक्रिय छन् ।
वि.स.२०४९ सालमा खुट्टेडागीस्थित कवि शिरोमणी माध्यमिक विद्यालयको बाल प्राथमिक कमिटीको सचिव पदबाट विद्यार्थी राजनीति सुरु गरेका भण्डारीले २०५६ मा क्यापस इकाइ कमिटीको सचिव र २०५७ मा उपाध्यक्षको नेतृत्व सम्हालेका थिए ।
सो बेला धुलाबारी क्षेत्रमा विद्यार्थी संगठन स्ववियु गठन भएको थिएन । विद्यार्थीको हकहितका लागि स्ववियु स्थापना गर्दे संघर्ष गरेका भण्डारी तत्कालिन मालेको अखिल विद्यार्थी, एमालेको अखिल र क्रान्तिकारी अखिल विद्यार्थी संगठनबीच गठबन्धन गरेर स्ववियु चुनाव गराउन उनैले पहल गरेका थिए ।
भण्डारी २०५७ सालमा धुलाबारी क्याम्पसमा ४९७ मत ल्याएर स्ववियुको संस्थापक उपसभापति बने । विद्यार्थी कालबाटै भूमीगत जिवन विताएका भण्डारीले माओवादी पार्टीकोे जिल्ला सम्मेलन हुँदै नगरको नेतृत्व सम्मालेका थिए । झापामा सातौ जिल्ला सम्मेलनबाट उनी जिल्ला सदस्यमा निर्वाचित भए ।
उनले भने ‘संकटको घडीमा इलाम र झापाको सिमाना दानावारीमा ८ औं सम्मेलनमा अध्यक्ष रमेश सुवेदी, विवेक गौतम र म प्रकाश भण्डारी युद्धकालिन अबस्थामा सक्रिय थियौ । दमक शसस्त्र संघार्षको मैदानमा उत्रिएका थियौं । दमकको शिव एरियाको इन्चार्जको नेतृत्व समालेका थियौैं ।’
२०६२र०६३ को जनाआन्दोलनपछि उनी माओवादी पार्टीको झापा निर्वाचन क्षेत्र नम्बर १ नम्बरको इञ्चार्ज भए । देश संघीयतामा गएपछि प्रदेश समितिको सदस्य हुँदै उनी अहिले गठबन्धनको तर्फबाट मेचीनगरको उपमेयर बन्ने दौडमा छन् ।
१५ वर्षको उमेरबाट राजनीतिक जिवन सुरु गरेका उनी सानै उमेरदेखि समाजमा परिवर्तनमा गर्नका निम्ति आन्दोलनमा होमिएका थिए । शिक्षा क्षेत्रमा देखिएको विभेद् हटाउन उनले विद्यार्थीकालबाटै आवाज उठाइरहे । मजदूर, किसान र गरिवीका पक्षमा सदैव वहस गदै आएका भण्डारीले पछिल्ले कालखण्डमा साचिकै परिवर्तनको सम्वाहकको रुपमा पहिचान बनाएको नेकपा माओवादी पार्टीमा पूणर्कालिन कार्यकर्ताको रुपमा समाहित भएका छन् ।
जनताको जनजीविका र अधिकारका निमित अग्र मोर्चामा उभिएका प्रकाशले युद्धको समापन हुँदै माओवादी पार्टीले लिइएको एजेण्डा कार्यान्वयन भएको महशुस गरे । तर, देशको राजनीतिक उत्तरचडाव र कार्यशैलीबाट विश्वस्त हुन सकेनन् । अब ति एजेण्डाहरु कार्यान्वयन गराएरै छोड्ने दृढताका साथ स्थानीय तहको निर्वाचनमा देशकै ठूलो नगर मेचीनगरको उपमेयरको प्रत्यासीको रुपमा अहिले जनअनमोदित हुन जनताको घरआगनमा मत मागिरहेका छन् ।
उनले नगरको स्वास्थ्य, शिक्षा, रोजगारी, महिला, आदिवासी, विपन्नका समस्यालाई नजिकबाट नियालेका छन् । तिनै समस्यालाई समाधान गर्न कुनैपनि कसर बाकी नराखी कार्यसम्पादन गर्ने बाँचा गरेका छन् ।
उनले भने, उपचार नपाएर छटपटिरहेको नागरिकलाई सहजरुपमा उपचार पुर्याउनेछु । सीमानाको समस्या, भूमीविहिन सुकुम्बासीलाई भूमीको व्यवस्था गर्ने, रोजगारी नपाएका युवालाई रोजगारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रम हामीले बनाएका छौ । गुणस्तरीय भौतिक पूर्वाधार निर्माणसँगै नगरपालिकालाई सुशासन र भ्रष्टचारमुक्त समाज निर्माण गर्ने संकल्प गरेका छन् ।
सिंहदरबारको बजेट संघीयताको मोडलअनुसार जनताले वडा कार्यालयबाटै सरल र सुलभ तरिकाबाट सेवा दिने व्यवस्थापनमा लागि पर्ने उनले बताए । उनले गोलाकारभित्रको हँसिया हतौडामा स्वस्तिक छाप लगार्इँ तपाईको अभिमतबाट निर्वाचन हुने कुरामा म ढुक्क भएको बताए । सम्मुन्नत र सम्बृद्ध नगर बनाउन गठबन्दनलाई विजयी गराउन आम मेचीनगरबासीसँग अपिल गरेका छन् ।