मेचीनगर ।

 झापाको मेचीनगरमा भएको गठबन्धनले मेचीनगर–१४ को विभिन्न ठाउँमा  घरदैलो तथा चुनावी सभा गर्दै अभियानलाई तिब्र बनाएका छ्न् । साबिक दुहागढी–९ को प्रगतिटोल र पाथीभरा टोल र ७ कृष्ण मन्दिरमा चुनावी सभा गरेको हो । 

सभामा मेचीनगरका मेयर, उपमेयर र वडाअध्यक्षका प्रत्यासीले सम्बोधन गर्दै प्रतिबद्धता जाहेर गरेका थिए  पाथीभराटोलमा आयोजित  चुनावी सभामा बोल्दै मेयरका उम्मेद्बार इन्द्रबहादुर बुढाथोकीले एमालेकै समाज भ्रष्टाचारमुक्त हुन नसकेको आरोप लगाए ।

p

जनताको सार्गभौम अधिकारका लागि प्रतिनिधित्व गर्ने संविधान सभा विघटन गरेकोले अब जनताले त्यसको बदलास्वरुप गठबन्धनलाई भोट हालेर आफ्नो अधिकारलाई सस्थागत गर्न आग्रह गरेका थिए  । कार्यक्रममा उपमेयरका प्रत्यसी  प्रकाश भण्डारीले उपमेयरले नगरले निरुपण गर्नुपर्ने कतिपय मुद्दाहरु निरुपण गर्न नस्क्दा नगरको गतिविधि असब्य बनेकाले  कार्यसम्पादन  सुशासनमैत्री बाताबरणमा सम्पन्न गर्न आफू लागी पर्ने उद्घोष गरे ।

वडाअध्यक्ष बाबुलाल सुब्बाले वडामा देखिएका सबै क्षेत्रको समस्या समाधान गर्न गठबन्धनले खाका तयार गरिसकेको स्पष्ट परे ।  प्रेमबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न चुनावीसभाको सञ्चालन मुनिलाल राजबंशीले गरेका थिए