मेचीनगर । 

नेकपा एमालेको तर्फबाट मेचीनगरको मेयरका प्रत्यासी उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले जनप्रतिनिधि भएर नगरपालिका जाँदा डन वा राजा बन्ने होइन जनताको काम गर्न जाने बताएका छन् । विहीबार एमाले मेचीनगर–५ र ८ नम्बर वडाको घरदैलो कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन्  । 

नगरपालिकामा जनप्रतिनिधि भएर गइरहदा जनताको सेवक भएर काम गर्नु पर्ने बताउदै उनले सुशासन कायम गछौँ, भष्टचार गर्न दिदैनौँ, नगरको बजेट अनुसार निती र नियमले भेट सम्मको प्रकृया पुरा गरेर जनताको काम गर्ने बताए ।

 मेचीनगर–५ स्थित नकलबन्दा चोक, माता चोक, त्रिवेणी टोल, सहकारी टोल, माङहिम चोक तथा मेचीनगर–८ को स्कुल डाडा, सालघारी, मेचे वस्ती, सिपविकास तालिम भवन परिसर, दोकानडाडा, दुर्गा मन्दिर छेउमा आयोजित घरदैलो कार्यक्रममा विजुलको भोल्टेज, पानीको धारा, चिया मजदुरका लगायतका समस्याहरु जनताले उम्मेद्वारहरुलाई गुनोसो पोखेका थिए ।

कार्यक्रममा मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयरकी उम्मेद्वार मिना पाखरेल उप्रेती, ५ नम्बर वडाध्यक्षका उम्मेद्वार कनक कार्की, ८ नम्बर वडाध्यक्षका उम्मेद्वार विकेन्द्र धिमाल, एमालेका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाई लगायतले जनताले राखेका समस्याका बारेमा सम्बोधन गरिने बताएका थिए ।

 घरदैलो कार्यक्रममा ५ का वडाध्यक्षका उम्मेद्वार कनक कार्की, ८ नम्बर वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्यहरू माया प्याकुरेल, देवीमाया विक, पुष्प गेलाल र मनबहादुर लिम्बु छन् ।