लक्ष्मीपुर ।
झापाको हल्दीबारी गाउँपालिका वडा नं. २ मा नेकपा (माओवादी केन्द) घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
घरदैलो अभियानमा दैनिक तीनसय ५० बढी स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहँदै आएको पार्टीका वडा नं. २ का अध्यक्ष तथा चुनाव प्रचारप्रसार समितिका संयोजक खकेन राजवंशीले जानकारी दिए ।
घरदैलो अभियानपछि हल्दीबारी २ स्थित चोकमा आयोजित कोषसभालाई पालिका अध्यक्ष पदका उम्मेद्वार भवानीप्रसाद दंगाल, उपाध्यक्ष पदकी उम्मेद्वार टीका राउत वडाअध्यक्ष पदका उम्मेदवार शुकलाल राजवंशी, २ नम्बर वडाका चुनाव प्रचारप्रसार समितिका संयोजक खकेन राजबंशीले कोणसभालाई सम्बोधन गरेका थिए । कोषसभाको सञ्चालन नरेन्द्र फागोले गरेका थिए ।