बिर्तामोड । 

बिर्तामोड नगरपालिका वडा नं. ९ मा गठबन्धनका तर्फबाट मोहनप्रसाद सुब्बाले वडाअध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । एकदमै शालिन नेताका रुपमा परिचित  युवा नेता सुब्बालाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेद्वार बनाइएको हो । 

२०३३ सालमा बिर्तामोड–९ मा जन्मिएका नेता सुब्बाको राजनीतिक जीवन २०५१ सालदेखि शुरु भएको हो । २०५१ सालमा नेकपा एमाले, २०५४ सालमा माले गाउँकमिटी सदस्य र २०५९ सालमा मालेको जिल्ला कमिटी सदस्य तथा जनजातीआदिवारी मुक्ति संगठनको केन्द्रिय सदस्यमा समेत रहेर नेता सुब्बाले काम गरिसकेका छन् । 

mohan

२०६४ सालदेखि निरन्तर नेकपा (माओवादी केन्द्र) का बिभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका उनी २०७८ मा जिल्ला कमिटी सदस्य तथा बिर्तामोड नगर अध्यक्षमा रहेर कार्य सम्पादन गरिसकेका छन् । 

 नेता सुब्बा माओवादी केन्द्रमा २०६४ सालमा जिल्ला कमिटी सदस्य र गरामनी गाउँकमिटी सह–इन्चार्ज, २०६९ मा गरामनी गाउँकमिटी इन्चार्ज तथा जिल्ला सदस्य, २०७५ मा नेकपा बिर्तामोडको सचिव हुँदै २०७८ मा माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्षसमेत भइसकेका असल स्वाभावका लोकप्रिय नेताका रुपमा परिचित छन् । इमान्दर, जुझारु, कर्तब्यनिष्ट युवा नेता सुब्बालाई पार्टीले बिर्तामोड–९ वडाअध्यक्षको उम्मेद्वार बनाएपछि हाल चुनावी प्रचारप्रसारमा तिब्र रुपमा लागिरहेका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा थोरै मतले पराजित भएका नेता सुब्बा यस पटक भने जित्ने गरी दैनिक २ सय बढी नेता तथा कार्यकर्ताका साथमा घरदैलो अभियानमा लागिपरेका छन् ।