बिर्तामोड ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनले बिर्तामोडमा चुनावी अभियानलाई तीव्र बनाएको छ । गठबन्धनले मतदाता भेटेर मत माग्न घरदैलो अभियानलाई तीव्र बनाएको हो ।
बिर्तामोडका सवै वडामा वडा प्रचारप्रसार समिति मार्फत घरदैलो अभियानलाई तीव्रता दिएको र गठबन्धनले नगरका प्रमुख भोजराज सिटौला र उपप्रमुख सीपी कडरियासहित पदका उम्मेदवारहरुसँग संयुक्त घरदैलो समेत गरिरहेको छ ।
विहिबार गठबन्धनका नेताहरुले वडा नम्बर १० को वडा कमिटीसँग घरदैलो अभियान गरेको छ । करिब १ सय ५० जना संलग्न रहेको प्रचारप्रसारको टोलीले वडाको सातडिग्री, पत्थरभिट्टा, कालिमुनी, जर्मनडाडा, शिवालयचोक, तोरीबारी, सैनिक बजारलगायतका स्थानका मतदातालाई घरदैलो मै पुगेर भोट मागेका थिए ।


















