मेचीनगर ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार बनेर मतदाताका घर–घरमा पुग्नेलाई मतदाताले आफ्ना समस्या देखाउँदै पूरा गर्नेलाई मात्रै भोट दिने बताउँदै आएका छन् ।
मतदाताहरुले आ–आफ्ना समस्या देखाउँदै त्यो समस्या समाधान गर्नेलाई मात्रै भोट दिने बताएका छन् । नेकपा एमाले मेचीनगरका उम्मेद्वारलाई टिनको छानो चुहिएको, बसोबास, हात्ती, विजुली, बाटो लगायतका समस्या समाधानको ग्यारेन्टी गरे मात्र भोट दिने बताएका छन् । आफ्नो पक्षमा मत माग्न मतदाताको घर घरमा पुगेका एमालेका उम्मेदवारहरुलाई जनताले ती समस्या समाधान गर्न माग गरेका थिए ।
मेचीनगर–९ स्थित मगर गाँउकी शुशिला मगरले मेयर पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी र उपमेयर पदकी उम्मेद्वार मीना पोखरेल उप्रेतीलाई आफ्नो घरको टिनको छानो चुहिएको देखाउँदै भनिन् ‘टिनको व्यवस्था गरिदिनु हामी भोट दिन्छौँ ।’ त्यस्तै घरदैलो अभियानका क्रममा मंगलबार लीला बस्तीको दुर्गा मन्दिर, थोप्लेबिरानको बालुवाटार रिङरोडको मागुरमाडी सिरान, तिनतिरे चोक, मेचे डाँगी, मगर गाँउ, झोडा वस्ती लगायतका जनताले टिनको छानो चुहिएको, बसोबास, हात्ती, विजुली, बाटो लगायतका समस्या समाधानको ग्यारेन्टी गरिदिए मात्र भोट दिने बताएका छन् ।
एमालेको घरदैलो कार्यकममा मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती, मेचीनगर ९ का वडाध्यक्ष उम्मेद्वार कञ्चन तामाङ, वडा सदस्यहरू धनकुमार श्रेष्ठ, राजन खड्का, करुणा राजबंशी, सुष्मा कार्की डोली रहेका थिए ।