झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले पार्टीको निर्देशन विपरित उम्मेद्वारी दिने र फिर्ता नगर्नेलाई कारवाही गरेको छ ।
बाह«दशी गाउँपालिकाका लक्ष्मीप्रसाद तिवारी र कमल गाउँपालिकाका विरेन्द्र तिवारीलाई आज (मंगलवार) नेकपा(माओवादी केन्द्र) झापाले बिज्ञप्ती जारी गर्दै निलम्बन गरेको जनाएको हो ।
गठबन्धनको सहमति विपरित पार्टीको तर्फबाट उम्मेद्वारी दिएकाले उनीहरुलाई निलम्बन गरेको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) र सचिव मोहन टुडु (सरोज) ले हस्ताक्षर गरेका छन् ।
पार्टीले यसअघि नै गठबन्धनको सहमति विपरित केन्द्र, प्रदेश र जिल्ला समन्यव समितिले कहिंकतै उम्मेद्वारी नदिन निर्देशन दिएको थियो ।