हल्दिबारी ।
नेकपा एमाले हल्दीबारी गाउँ कमिटीले आज (मंगलबार) हल्दिबारी १ स्थित गोलधापमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगमी संसदीय निर्वाचनमा नेकपा एमालेको सरकार बन्ने बताएका छन् ।
नेकपा एमाले हल्दिबारीको अध्यक्षका उम्मेदवार डम्बर गिरी र वडाअध्यक्ष सापकोटाको हल्दीबारीदेखि सिंहदरबारसम्म पहुँच भएको बताउँदै उनले भने ‘उनीहरू योजना प्रस्तुत गर्न सक्ने, बजेट ल्याउन सक्ने, काम गर्न सक्ने ब्यक्ति हुन्।’
डम्बर गिरीको अगुवार्इमा हल्दिबारीले काचुलो फेर्ने उनले बताए । ‘हाम्रा भाईहरू, हाम्रा युवाहरू, दिदिबहिनीहरू उहाँ मेरो प्रतिनिधिको रूपमा हुनुहुन्छ’ ओलीले भने ‘म हल्दिबारीको बिकासको जिम्मा लिने गरी आएको छु।’ उनले थपे ‘एमालेलाई जिताएर पठाउनु हल्दिबारी बिकास र समृद्ध बनाउनेछु ।’