अर्जुनधारा ।

अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताएकी छिन् ।

नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार बन्नुभएकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । 

उनले अहिलको परिस्थितिमा महिलालाई नेतृत्व गर्नका लागि आसन चाहिएको भन्दै आसन पाए भाषण गर्न सक्ने र भाषण गर्न जानेका महिलाले शासन गर्न सक्ने बताउदै महिलाले शासन गरे सहज रुपमा सुशासन कायम हुने बताइन् ।

उनले अर्जुनधारामा सुशासन कायम गर्न नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका ५७ जना उम्मेदवारहरुलाई  सूर्य चिन्हमा मतदान गरि विजयी गराउन समेत आग्रह गसमेत गरिन् । 

कोणसभामा एमालेबाट ३ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संबिधानसभा सदस्य प्रेम गिरीलगायतका नेताहरुले नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका थिए ।