अर्जुनधारा । 

 अर्जुनधारा नगरपालिका वडा नम्बर–६ बिहानीटोलमा गठबन्धनका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार रन्जिता कार्की, उपप्रमुख पदका उम्मेदवार जितेस योन्जन र वडा नम्बर– ६ का लागि वडाध्यक्षका उम्मेदवार हरिस बास्तोलासहितको टोलीले घरदैलो अभियान सम्पन्न गरेका छन् । 

स्थानीय अग्रजआमा बुवा, दाजु–भार्इ, दिदीबहिनीसँग मतसगै आशीर्वाद मागे माग्दै उनीहरुले घरदैलो सम्पन्न गरेका थिए । 

गत बैशाख १४ गतेदेखि वडा–वडामा  चुनाबी अभियान र गठबन्धन दलको घोषणापत्र लिएर मतदाताको घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गरेर नगरको समग्र बिकासका लागि अवसर दिन आग्रह गरेका छ्न् । 

यसअघि पाँचवटा वडामा घरदैलो अभियान सप्पन्न गरेका गठबन्धन दलका उम्मेदवारले नगरको सर्वाङिगण बिकासका आफुहरुले सशक्त भुमिका खेल्ने र प्रतिबद्धतामा उल्लेखित गरेको गरेर देखाउने बताएका छ्न् । 

चुनाब प्रचारका क्रममा गठबन्धनका कार्यकर्ताले मत हाल्ने तरिकाबारे स्थानीयलाई बुझाउदै चुनावमा अनिवार्य रुपमा भाग लिन पनि मतदालाइ आग्रह गरेका थिए ।